सुर्य चिन्हको अपमान नगरिदिन अनेरास्ववियू केन्द्रिय सदस्य चालिसेको अनुरोध

सुर्य चिन्हको अपमान नगरिदिन अनेरास्ववियू केन्द्रिय सदस्य चालिसेको अनुर...

सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भइरहेको छ । फोटोमा आज काठमाडौंमा संसद विगठन विरुद्धको आन्दोलनमा पुष्प कमल दाहाल ( प्रचण्ड ) ले सुर्य चिन्ह अंकित झण्डा बिछ्याएर बसेको देखिन्छ । ओली पक्षका धेरैले यसको विरोध गरेका छन् र खाट्टी एमालेले सुर्य चिन्हको यसरी अपमान कहिल्यै नगर्नेसम्म भनिरहेका छन्। 

 

उनीहरूले तस्बिरमा देखिएको दृश्यले पार्टीका धेरै नेता कार्यकर्तालाई असहज महसुस गराएको र जस्तो सुकै अवस्थामा पनि सुर्य चिन्हको अपमान नगरिदिन सबैलाई फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत् अनुरोध गरेका छन् र फेरि यस्तो भएमा आफूहरु चुप नबस्ने बताएका छन् ।

 

यस्तैमा अनेरास्ववियू केन्द्रिय सदस्य नविन्द्र चालिसेले आफ्नो फेसबुकमा एक स्टाटस राख्दै सुर्य चिन्हको अपमान नगरिदिन प्रचण्डलाई अनुरोध गरेका छन् ।