दि आर्ट अफ लिभिङ्ग नेपालले माघ २८ देखि फागुन १ गतेसम्म राष्ट्रव्यापी रुपमा अन्लाइन ह्यप्पिनेस प्रोग्राम आयोजना गर्ने

दि आर्ट अफ लिभिङ्ग नेपालले माघ २८ देखि फागुन १ गतेसम्म राष्ट्रव्यापी र...

रोशन कोइराला (दि आर्ट अफ लिभिङ्ग स्वयंसेवक)

दि आर्ट अफ लिभिङ्ग सस्था गैरनाफामुलक सस्था हो । यो सस्था १५५ भन्दा बढि देशहरुमा स्वयंसेवकहरुले चलाउदै आइरहेको छ र यस सस्थाको मुल नारा "तनावमुक्त मन र हिंसा रहित समाज" रहेको छ ।
यस सस्थाका सस्थापक श्री श्री रविशंकर जि हुनुन्छ ।

दि आर्ट अफ लिभिङ्ग सस्थाले नेपाल लगायत बिश्वका धेरै मुलुकहरूमा सेवामुलक कार्यहरु गर्दै आइरहेको छ । चाहे त्यो भुकम्पको बेला होस या बाढी पहिरोको साथै यो कोरोना महामारिको समयमा पनि दि आर्ट अफ लिभिङ्ग ले थुप्रै सेवामुलक कार्यहरु गरिरहेको कुरा बिदितै छ।

यसै कार्यलाइ अगाडि बढाउदै दि आर्ट अफ लिभिङ्ग नेपालले यसै माघ २८ गते देखि फागुन १ गतेसम्म नेपाल भरिनै हयाप्पिनेस महोत्सव (अन्लाइन ह्यप्पिनेस प्रोग्राम) गराउदै छ । जसमा नेपाल भरी छरिएर रहनुभएका सम्पुर्ण स्वयंसेवक तथा शिक्षकहरु अनलाइन प्ल्याट्फर्म Zoom मा आइ यो कार्यक्रम संचालन गर्नु हुने छ र चारदिनको अन्तरालमा यसै सस्थाका सस्थापक श्री श्री रविशंकर जि को पनि उपस्थिति रहने छ ।

यस ४ दिने अन्लाइन कार्यक्रममा गराइने अभ्यासहरु,

१) जिवनमा दिनहु आइपर्ने सम्स्यासङ्ग लड्नको लागि चाहिने व्यवाहारिक ज्ञान
२) संवादात्मक (इंटरैक्टिव)अभ्यास
३) योगासन अनि विश्रामदायक शारीरिक व्यायाम
४) ध्यान अनि प्रभावशाली श्वासप्रश्वास प्रकृया (सुदर्शन क्रिया)

यस ४ दिने अनलाइन कार्यक्रमका फाइदाहरु,

१) आंतरिक अनि बाहिरि व्यक्तित्व विकास
२) तनावमा कमि
३) आनन्द अनि उत्साहको विकास
४) कारकुशलमा अनि उत्पादकता (productivity)
५) निर्णय लिन सक्ने क्षमतामा बिकाश
६) सम्बन्ध उत्तम तरिकाले अगाडी बडाउन सक्ने क्षमतामा विकाश

कार्यक्रमका सहभागीहरुले यसका साथै थुप्रै लाभहरु उठाउन सक्नेछन ।

यस ह्यप्पिनेस महोत्सव (अनलाइन ह्यप्पिनेस प्रोग्राम) मा सहभागी हुन तल उल्लेख गरिएको कुनै पनि नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।

1) 01-5242200
2) 9810553757
3) 9860677393