सडकमा सुत्ने व्यक्तिहरुलाई वीरगञ्जका युवाहरुले बाँडे कम्बल

सडकमा सुत्ने व्यक्तिहरुलाई वीरगञ्जका युवाहरुले बाँडे कम्बल

वीरगञ्ज । विगत केहि दिनदेखि तराई-मधेस क्षेत्रमा बढ्दै गएको चिसो र शितलहरलाई मध्यनगर गर्दै वीरगञ्जका युवाहरुले कम्बल वितरण गरेका छन् ।

 

 

 

 

युवाहरुले रात्रिको समयमा वीरगञ्ज नगरक्षेत्रका विभिन्न स्थानमा सडकमा सुतिरहेका गरिव, अतिविपन्न व्यक्तिहरुलाई कम्बल वितरण गरेका हुन् ।

 

राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयको आर्थिक सहयोगमा अनेकतामा एकता र द् हन्ड्रेड ग्रुप नामक समूहले सोमबार राति ३० जनालाई कम्बल वितरण गरेको समूहका सदस्य विक्की सर्राफले जानकारी दिए ।

 

युवाहरुले आगामी दिनमा समेत सडकमा जीवन बिताउँन बाध्य रहेका व्यक्तिहरुलाई सहयोग निरन्तर दिने जनाएका छन् ।