पास गरिसकेको आफ्नै डिग्री सर्टिफिकेट तीन वर्षमा पनि नपाएपछि विद्यार्थी सामाजिक सञ्जालमा न्याए गुहार्दै

प्रशासनलाई जति ताकेता गर्दापनि सुनुवाई नभएपछि विद्यार्थीहरूले सामाजिक सञ्जालमा आफ्नो गुनासो गरेका छन् र आफ्नो लागि बोलिदिन सबैलाई अनुरोध गरेका छन् ।

पास गरिसकेको आफ्नै डिग्री सर्टिफिकेट तीन वर्षमा पनि नपाएपछि विद्यार्थी...

सुन्दा अचम्म लाग्छ होला ! तर परीक्षा पास गरिसकेको तीन वर्षसम्म पनि आफ्नो सर्टिफिकेट लिन नपाएको स्थिति हाम्रै देशमा छ। कृषि तथा वन विज्ञान विश्वबिध्यालयमा २०७५ सालमा स्नातक सकाएका विद्यार्थीहरूले आफ्नो स्नातकको सर्टिफिकेट स्नतक्तोर सकिन २-३ महिना बाँकी हुँदासम्म पनि पाएका छैनन्। प्रशासनलाई जति ताकेता गर्दापनि सुनुवाई नभएपछि विद्यार्थीहरूले सामाजिक सञ्जालमा आफ्नो गुनासो गरेका छन् र आफ्नो लागि बोलिदिन सबैलाई अनुरोध गरेका छन् ।

 

प्रस्तुत छ फेसबुकमा सर्टिफिकेट नपाएका विद्यार्थी नशीब कोइरालाले कृषि तथा वन विज्ञान विश्वबिध्यालयलाई लेख्नुभएको खुलापत्र। 

 

 

AFU हाम्रो डिग्री खोइ ? ? ?

अत्यन्तै महत्वपुर्ण कुरा भएकाले कृपया सबैजनाले ध्यान दिएर पढिदिनु होला र हाम्रो समस्या को समाधान का लागी सक्दो पहल गरिदिनु होला ।

हामी कृषि तथा वन विज्ञान विश्वबिध्यालय (AFU) बाट २०७५ सालको असोज महिनामा उतिर्ण भएका विध्यार्थिहरु हौँ । हामिहरु हाल उच्च शिक्षा अध्ययन गर्नका लागी विभिन्न मुलुकहरुमा रहेका छौँ । तर AFU ले हामिहरुलाइ अहिलेसम्म हाम्रो स्नातक तहको डिग्री सर्टिफिकेट दिएको छैन । कुनै पनी तहमा अध्ययन गर्नलाइ त्यसभन्दा अघिल्लो तहको डिग्री अनिवार्य हुन्छ । तर यत्ती कुरा पनी हाम्रो आफ्नै विश्वबिध्यालयले नबुझिदिदा वा नबुझेजस्तो गरिदिदा हामिहरु ठुलो मर्कामा परेका छौ । हामिहरु मध्य धेरै ले हाल अध्ययन गरिरहेको ठाउँमा भर्ना हुने बेलामा नै बुझाउन पर्ने डिग्री सर्टिफिकेट अहिलेसम्म बुझाउन पाएका छैनौँ । प्रत्येक सत्रान्तमा धेरै पहल पछी मात्र हामिलाइ यहाँको विश्वविध्यालयले कोर्स रजिस्टर गर्न दिएको छ । तर अबभने हामिमध्य धेरैको स्नातकोत्तर सकिन २-३ महिना मात्र बाँकी रहदा यो समस्या झनै जटिल बनेको छ । अबपनी सर्टिफिकेट नबुझाए हामिहरु यहाँबाट पास हुन पाउने छैनौँ र यत्रो समयको मिहिनेत लाइ तिलान्जली दिएर अध्ययन पुरा नगरी यहाँ बाट नेपाल फर्किनुपर्ने बध्यात्मक परिस्थिती को सिर्जना हुन सक्दछ । हामिहरुले प्रसाशन सँग पटकपटक अनुरोध गर्दा पनी हाम्रो माग पुरा हुन सकेको छैन र पुरा हुने कुनै छाँटकाँट पनी हामिले महसुस गर्न पाएका छैनौँ । आफ्नै सर्टिफिकेट लिनको लागी यत्रो हारगुहार गर्दा पनी केही सकारात्मक परिस्थिती नबनेको देख्दा हामी निकै अन्योल मा छौ र अचम्मित पनी छौँ । यस समाजिक सन्जाल मार्फत फेरी पनी हामी AFU प्रसाशन लाइ यो हाँडिगाउँको जात्रा बन्द गरी हामिलाइ यथासिघ्र स्नातक तहको डिग्री सर्टिफिकेट प्रदान गरिदिन अनुरोध गर्दछौँ । र सँगसँगै विधार्थिलाइ त्यती कमजोर पनी नठान्न र परिस्थिती को गम्भिरता बुझेर छिट्टै काम गरी अहिले हामिलाइ परेको समस्या AFU माथिनै प्रकोप बनेर आउन नदिन सम्पुर्ण सरोकारवाला हरुलाइ सुझाब पनी दिन चाहन्छौँ ।

- सम्पुर्ण डिग्री नपाएका कृषि सास्तृहरु

- #whereisourdegree #AFUडिग्रीदेउ #AFU #wewantourdegrees