पत्रकारमाथि ओलिको चम्चा भन्दै दुर्व्यवहार

पत्रकारमाथि ओलिको चम्चा भन्दै दुर्व्यवहार

 प्रचण्ड माधव समूहले गरेको आजको आमहड्तालमा हाम्रा पत्रकार साथिमाथि काठमाडौंमा दुर्व्यवहार भएको छ । ओलिको चम्चा भन्दै स्वतन्त्र पत्रकारमाथिको यो दुर्व्यवहार एकदमै दुःखद कुरा हो । प्रेस स्वत्त्रतामाथिको यस प्रहारले हामीलाई समाचार सम्प्रेषण गर्दा आफ्नो सुरक्षा कसरी गर्ने भनेर डर पैदा भएको छ । यस्तो कार्य गर्नेहरूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै दुःखद घटना दर्शकहरुलाई देखाउन चाहन्छौं ।

 माउण्टेनकर्मी दिवाकर साहलाई ललितपुरस्थित सातदोबाटोमा रिर्पोटिङका क्रममा आन्दोलनकारी नेता तथा कार्यकर्ताहरुले हातपात गरेका हुन् । यो घटनाप्रति नेपाल रिपोर्ट्स टीम घोर भत्सर्ना गर्दछ ।