वीरगञ्जमा २ लाख रुपैयाँको नक्कली नेपाली नोट र ब्राउन सुगरसहित भारतीय युवक पक्राउ

वीरगञ्जमा २ लाख रुपैयाँको नक्कली नेपाली नोट र ब्राउन सुगरसहित भारतीय य...

वीरगञ्ज । पर्सामा लगभग २ लाख रुपैयाँको नक्कली नेपाली नोटसहित एक भारतीय युवक पक्राउ परेका छन् ।

 


जिल्ला प्रहरी कार्यालय पर्साले १ लाख ९३ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित भारत विहार राज्यस्थित मोतिहारी जिल्लाको रक्सौल निवासी २२ वर्षीय अमनदिप कुमार सिंहलाई पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी टोलीले सिंहलाई वीरगञ्ज महानगरपालिका १३ राधेमाईबाट पक्राउ गरेको थियो । 

सिंह सवार वीआर ०६ एएम ६०९७ नम्बरको मोटरसाईकललाई प्रहरीले रोकेर चेकजाँच गर्दा उनीसँग रहेको नक्कली नोट प्रहरीले बरामद गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साहले बताए ।

प्रहरीले उनको साथबाट एक हजार दरका १ सय ९३ वटा नेपाली नक्कली नोट बरामद गरिए छ । उनको साथबाट ३ ग्राम लागुऔषध हिरोईनपनि बरामद गरिएको साहले जानकारी दिए ।

नक्कली नोट र लागूऔषधसहित पक्राउ परेका सिंहलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।