वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष केडिया कृषि उद्यम केन्द्रको उपसभापतिमा मनोनित

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष केडिया कृषि उद्यम केन्द्रको उपसभा...

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया कृषि उद्यम केन्द्रको उपसभापतिमा मनोनित भएका छन् ।

 


नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका केडियालाई कृषि उद्यम केन्द्रको उपसभापतिमा मनोनित गरिएको महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कृषिप्रधान देशमा कृषिलाई प्राथमिकतामा राखेर कृषि क्रान्ति गर्नका निम्ती उक्त समितिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ । 

विगत लामो समयदेखी उद्योग तथा व्यावसायको क्षेत्रमा काम गर्दै आएका केडिया वीरगञ्जका विभिन्न सामाजिक संघ संस्थामा पनि आवद्ध भएर सामाजिक क्रियाकलापहरु गर्दै आएका छन् ।

कृषिलाई उद्यम बनाएर नया पिढिलाई यस क्षेत्रतर्फ आकर्षण गरेर उत्पादनको बृद्धि गर्नुपर्नेमा उद्यम केन्द्र सरिक भएर लाग्ने मनोनित हुनुभएका केडियाले बताए । कृषि उद्यम केन्द्रको उपसभापति हुनु वीरगञ्जबासीको लागी पनि खुशीको कुरा भएको वीरगञ्जका बुद्धिजिविहरुले बताएका छन् ।

साथै मनोनित हुनुभएका केडियालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।