अवैध लागूऔषध गाँजा सहित पक्राउ

अवैध लागूऔषध गाँजा सहित पक्राउ

काठमाडौं, २७ माघ ।

अवैध लागूऔषध सहित एकजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उदयपुरको कटारीबाट सानो दमारबाट करिब १ सय २१ केजी अवैध लागूऔषध गाँजा सहित सिरहा धनगढीमाई जिरोमाईल बस्ने उदयपुर ताप्ली निगलबास भएका ४१ वर्षीय सन्त बहादुर मगर पक्राउ परेका हुन् ।ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरीले स.१ च ८०४ नम्बरको बोलेरो जाँच गर्दा अदुवाको बोराले छोपी लुकाई राखेको अवस्थामा उक्त गाँजा सहित सवारी धनी सन्त बहादुरलाई पक्राउ गरेको जनाएको छ ।