धिरजको खुलापत्र : आखिर किन र कहिले सम्म?

धिरजको खुलापत्र : आखिर किन र कहिले सम्म?

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो र आज ठिक २ बर्ष ७ महिना पछी बैतडीको दोगडाकेदार गाउँपालिकाकि १७ वर्षीय किशोरी भगीरथी भट्टको शब यही माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदारस्थित जङ्गलमा बलात्कार र हत्या गरेको अवस्थामा फेला परेको छ।आखिर किन?कहिले सम्म?यहि हो प्रधानमन्त्री ज्यु खुसी र सुखी नेपाली भनेको?नारायणहिटि अगाडी उभिएर पानी जहाज र रेलको कुरा गर्न तपाईलाई अलिकती लाज लागेन?प्रधानमन्त्री ज्यु विशेष ग्रहशान्ति पूजा गर्न र लाखबत्ती बाल्न घण्टौं पशुपतिनाथ मन्दिर परिसरमा बिताउदैमा तपाईको पाप पखालिन्छ होला? देशको अभिभावक मानेको त्यो साना नानीहरुको आत्माले तपाईलाई कति सरापी राखेको होला? कुरा सुन्दा नि ताजुब लाग्छ, आश्चर्य लाग्छ र उदेग लागेर आउँछ देशनै बचाई राखेको अनि देशनै चलाई राखेको आराध्य देब श्री पशुपतिनाथलाई शिवलिंगमाथिको मुख्य जलहरी, छानो र मूलढोकाअगाडिको साँढेको मूर्तिमा सुनको जलप लगाउन सरकारको ३० करोड आवश्यक पर्थ्यो होला?आवश्यकता परेको दिन भक्तहरु द्वारा ३० करोड होइन्न ३० अरबपनि निकाशा गराउने सामर्थ्य राख्छ्न्न।यो बेला त्यो ३० करोड निर्मला पन्त,भगीरथी भट्ट जस्तो सानो पीडित परिवारको लागि निकासा गर्ने घोषणा गरेको भए र उनिहरुको परिवारको आर्थिक सहयोगको लागि निकासा गरेको भए पशुपतिनाथले पनि तपाईं सङ खुसीले गद्दगद्द भएर धेरै प्रगती गरेस।स्याबास भनेर आशिर्वाद दिन्थे।याद रहोस प्रधानमन्त्री ज्यु पटकथा नमिलेको वर्तमान नाटकको नायक हुने खेलमा समय खेर फालेर तपाईं पतनको बाटोमा जादै हुनुहुन्छ। अनि कामरेड प्रचण्ड तपाईंले त छोरी गुमाउनुको दुख र पीडा त बुझ्नु पर्ने हो नि।कमरेड माधब कुमार नेपाल तपाईं त के पि ओलिलाई अबुझ,अग्ज्ञानि भनेर धेरै खालको आरोप लगाउदै न्यायको लागि भन्दै आन्दोलन गर्न लाखौं जनता सडकमा उतार्ने हिम्मत भएको मान्छे।खोई त १६-१७ बर्षको बालिकाहरु बलात्कृत हुँदा अनि हत्या हुदा त्यस्को बिरोधमा सरकारलाई दवाब दिन र अपराधीलाई समातेर कारबाही गर्न लाखौ जनता सडकमा उतार्ने हिम्मत?१६-१७ बर्षको बालिकाहरु बलात्कृत हुँदा सिङ्गो राज्य अपराधी बचाउन लागि पर्छ।महिला अस्मिता र नारी अधिकारको धज्जी उडाईन्छ तर एउटा महिला रास्ट्रपतिको बारेमा ब्यक्तिगत र राजनैतिक लडाईमा महिला अधिकार र नारी अस्मिताको कुरा आउँछ। सादा पोसाकको प्रहरी तुरुन्तै पक्राउ गर्न पुग्छ।यसो भन्दै गर्दा मैले कुनै वाद र कुनै संस्थाको समर्थन गरेको होइन्न।महामहिम रास्ट्रपति ज्यु कृपया मलाई अलिकति संक्षिप्त,सरल भाषामा बुझाईदिनु होला १६-१७ बर्षको बालिका अपहरण,बलात्कृत र हत्या हुँदा महिला अधिकार र नारी अस्मिता हुदैन?शिक्षित अनपढ महिला अधिकार कर्मीहरु तपाईहरु पनि यो देशको नारी अनि महिला होईन?तपाईंहरुको घरमा भगीरथी भट्ट,निर्मला पन्त जस्ता छोरीहरु छैनन् ?कहिले यो साना बलात्कार गरि हत्या गरिएका नानीहरुको समर्थन र पक्षमा नारा लगाउनु भयो??कहिले अपराधी समाउनु पर्यो भनेर ज्ञापन पत्र बुझाउन प्रधानमन्त्री र राष्ट्रपतिको निवास पुग्नु भयो?के को लागि यो राजनीति?के को लागि यो चाप्लुसी?

यो सरकारसँग जनहितको कुनै अपेक्षा बाँकी नभएपछि जनता पनि यस्तो अर्थहिन नृत्यबाटै नि:शुल्क मनोरञ्जन लिन मस्त छ्न। संविधानको धारा ५८मा कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन’ दफा ५८ को उपदफा १ मा लेखिएको छ ।

उपदफा(१) अनुसार कसैले कसुर गरेको प्रमाणित भएमा ७ वर्षसम्म कैद वा ७० हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था दफा ५८ को उपदफा २ मा व्यवस्था गरिएको छ । अनि संविधानको कुन धारामा लेखेकीएको छ १६-१७ बर्षको कलिला बाल बालिकाहरु बलात्कार गर्नु हुन्छ भनेर?अनि अपराधीलाई बचाउन सिङ्गो राज्य लागीपर्नु पर्छ भनेर?रास्ट्रपति,प्रधानमन्त्री,मन्त्री अनि अरु सबै नेताहरुको बिरुद्ध बोल्दा कारबाही हुने ब्यवस्था संविधानमा हुने तर जनताको जिउ धनको सुरक्षाको संविधानमा कुनै ब्यवस्था नहुने?यो कसले बनाएको संविधान हो?

 

जनताले बनाएको संविधान त पक्कै होइन।यस्तो संविधान र राज्य ब्यबस्था प्रती मेरो घोर आपत्ती र बिरोध छ। जनताको जिउ धन,न्याय र सुरक्षाको ब्यबस्था नभएको संविधान जलाउदा नि हुन्छ।यस्तो राज्य ब्यबस्था खारेज गरियोस।

निर्मला र भगीरथीको हत्यारालाई फाँसी होस।

जय देश!!!!

जय मातृभुमी!!!!!

रास्ट्रप्रेमी:धिरज पौड्याल