४ कोठे विधालय भवनको सांसद यादवले गरे शिलापुजन

४ कोठे विधालय भवनको सांसद यादवले गरे शिलापुजन

वीरगञ्ज,०३ फागुन । पर्सा क्षेत्र नम्बर.१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले श्रीपुर माध्यमिक विधालयमा २५ लाख लागतमा निर्माण हुन लागेको ४ कोठे विधालय भवनको शिलापुजन गरेका छन ।

 

संसदिय पुर्वाधार विकाश कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको विधालय भवनको आज एक कार्यक्रमका विच सांसद यादवले शिलापुजन गरेका हुन ।

 

विधालय प्रांगणमै आयोजित शिलापुजन कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले यस विधालयलाई देशकै नमुना विधालयको रुपमा स्थापीत गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

 

विधालयको पुर्वाधार विकाशमा ध्यान दिनुको साथै विधालयबाट प्राप्त हुने शिक्षाको स्तरमा समेत वृद्धि गर्न सके देशकै नमुना विधालय बन्ने विश्वास व्यक्त गर्नु भयो ।

 

सांसद यादवले सरकारी विधालयबाट शिक्षा हासिल गरेका व्यक्तीहरु देश र विदेशमा उच्च ओहोदामा बस्न सफल भएको कैयौ उदाहरण हरु हामै्र सामु रहेको बताउदै यस विधालयबाट दिईने शिक्षाको स्तरमा पनि वृद्धि गर्न सकियो भने नमुना विधालय बनाउन सकिने धारणा राख्नु भयो ।

 

यस विधालयको पुर्वाधार विकाश तथा पढाईको स्तर वृद्धि गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सांसद यादवको संसदीय पुर्वाधार विकाश कोष बाट २५ लाखको लागतमा विधालयको ४ कोठे भवन निर्माण हुन लागेको हो ।

 

कार्यक्रममा पुर्व सभासद आत्माराम साह, वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य अरविन्द गुप्ता, वडा नम्बर ११ का वडा अध्यक्ष प्रधुम्न सेढाई, सुरजी देवी मावी विधालय व्यवस्थापन समितीका अध्यक्ष अजय गुप्ता, वडा नम्बर ११ का अभिभावक विनोद महतो लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

 

विधालय व्यवस्थापन समितीका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण विधालयका शिक्षक राम प्रसाद पाण्डेले गर्नुभएको थियो ।