नासाले मंगल ग्रहमा यान अवतरण गर्यो , अब के त ?

नासाले मंगल ग्रहमा यान अवतरण गर्यो , अब के त ?

फाल्गुन ७ , काठमाण्डाै । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यानले करिब आधा अर्ब किलोमिटर तय गर्दै आज मंगल ग्रहमा अवतरण गरेको छ ।

 

नेपाली समय अनुसार शुक्रवार बिहान पौने तीन बजे पर्सिभिअरन्स मार्स रोभरले ४७ करोड २० लाख किलोमिटर दूरी पार गरेर मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ । 

 

सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो ।

अन्तरिक्ष यानले मंगल ग्रहमा पहिले जीवन भए/नभएको अध्ययन गर्नेछ । अहिलेसम्म मङ्गल ग्रहमा १४ मिसनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् । 

 

तस्बिर श्रोत : नासाको ट्विटर पेज