राष्ट्रिय मगर बिद्यार्थी संघ गण्डकी प्रदेश समिति गठन

राष्ट्रिय मगर बिद्यार्थी संघ गण्डकी प्रदेश समिति गठन

७ फागुन, पोखरा । नेपाली कांग्रेसको भातृसंस्था नेपाल मगर संघको गण्डकी प्रदेश भेलाले सञ्जय आले मगर लभसानको संयोजकत्वमा राष्ट्रिय मगर बिद्यार्थी संघ गण्डकी प्रदेश समिति गठन गरेको छ । हिजो विहीबार सम्पन्न सो भेलाले आलेलाई सर्वसम्मत संयोजक चयन गर्दै २३ सदस्यीय कार्य समितिको गठन गरेको हो ।

 

पृथ्वीनारायण क्याम्पस पाेखरामा स्नातक प्रथम बर्षमा अध्ययनरत लभसान नेपाल बिद्यार्थी संघका सक्रिय कार्यकर्ता हुन् । पूख्यौली घर स्याङ्जा रहेका आलेले आफूले पाएको जिम्मेवारीलाई नेपाली कांग्रेस र मगर बिद्यार्थीको हितमा सक्दो प्रयोग गर्ने बताए ।