ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समुन्व्य समितीद्वारा निशुल्क पुस्तक बितरण

ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समुन्व्य समितीद्वारा निशुल्क पु...

पोखरामा ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समुन्व्य समितीद्वारा आज बि ए एल एल बि प्रवेश परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुका लागि परीक्षा तयारी पुस्तक बितरण गरेको छ। त्रिभुवन विश्वविद्यालयले सन्चालन गर्ने कानून सन्कयको बि ए एल एल बि प्रवेश परीक्षा तयारीको लागि उक्त पुस्तकले महत्त्वपूर्ण सहयोग गर्ने हुँदा उक्त पुस्तक समितीद्वारा निशुल्क बितरण गरिएको हो । ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समुन्व्य समितीले बिगत दुई महिना अघि निशुल्क रुपमा तयारी कक्षा समेत सन्चालन गर्दै आइ रहेको छ । 

 

सो कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका नीति तथा प्रशिक्षण विभाग केन्द्रिय सदस्य महिला नेत्री सरस्वती गुरुङ, विशिष्ट अतिथी उच्च बारका उपाध्यक्ष अधिवक्ता दिपक राज पौडेल, रुपा गाउपालिका उपमेयर प्रत्यासी महिला नेत्री गिमाया गुरुङ, ने बि संघ निबर्तमानका केन्द्रिय सदस्य तथा ने बि संघ पृ ना क्या का अभिभावक गोपाल गुरुङ,अतिथीमा ने बि संघ पृ ना क्या मुल इकाइ सभापति दिपक शर्मा वाग्ले, ने बि संघ पृ ना क्या स्व वि यु सभापति उम्मेदवार रेशम हमाल, ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समुन्व्य समितीका पुर्व सभापति आशिष न्यौपाने, स्वरुप सरकार, प्रवेश परीक्षा तयारी कक्षा सम्योजक खगेश चन्द, विद्यार्थी नेता सतिश बस्तोला, सागर सापकोटा (भाइरस), सञ्जय आले मगर (लोवसन), शुशान्त आचार्य, सुर्यदेव लामिछने, हरि अधिकारी, बिकास अधिकारी, निशान्त ढकाल, सौरब चापागाइ, गौरब बराल, नेत्री भूमिका श्रेष्ठ, सुजी हितान मगर, भावना पौडेल, सन्तोष अधिकारी, रसिस भण्डारी, अपेक्षा गौतम , बिधान अधिकारी आदि कार्यक्रममा उपस्थिति हुनुभएको थियो। 

 

कार्यक्रममा स्वर्गीय विद्यार्थी सौगात पौडेल र प्रजातन्त्रकालागि बिरगती प्राप्त गरेका सहिदहरुप्रती सम्मान र मौन प्रथाना गरेर कार्यकमको सुरुवात गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी महिला नेत्री गुरुङले देशमा कानून शिक्षाको महत्त्व रहेको र देशलाई बिकासको बाटो डोराउने महान वक्तिहरु पनि कानून विद्यार्थीहरु रहेको भन्दै कानूनप्रती उच्च सम्मान गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथी उच्च बारका उपाध्यक्ष अधिवक्ता दिपक राज पौडेल, रुपा गाउपालिका उपमेयर प्रत्यासी महिला नेत्री गिमाया गुरुङ, ने बि संघ निबर्तमानका केन्द्रिय सदस्य तथा ने बि संघ पृ ना क्या का अभिभावक गोपाल गुरुङ,अतिथीमा ने बि संघ पृ ना क्या मुल इकाइ सभापति दिपक शर्मा वाग्ले, ने बि संघ पृ ना क्या स्व वि यु सभापति उम्मेदवार रेशम हमाल, ने बि संघ पृथ्वी नारायण क्याम्पस कानून समुन्व्य समितीका पुर्व सभापति आशिष न्यौपाने, स्वरुप सरकार लगायतले कार्यक्रममा बोल्दै प्रवेश परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुका लागि शुभकामना दिएका थिए। 

 

कार्यक्रमका सभापति ने बि संघ पृथ्वीनारायण क्याम्पस कानून समुन्व्य समितीका सभापति राजेन्द्र पराजुलीले तयारी गर्दै गरेका विद्यार्थीहरुका लागि यो समय निकै महत्त्व रहेको र देशमा स्वतन्त्रन्यायपालिक कायम गर्न कानून विद्यार्थीहरुको अहम भूमिका रहेको बताउनुभएको थियो ।      

 

सो कार्यक्रमको सन्चालन जोशन श्रेष्ठले गर्नु भएको थियो।

 

 त्रिभुवन बिश्वविद्यालय कानून सन्कायले बि ए एल एल बिको प्रवेश परीक्षा यही फाल्गुनको २९ गते गर्ने भएको छ ।

​​​​​​