त्रिवेणी समुह अन्तर्गतको त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम सम्पन्न

त्रिवेणी समुह अन्तर्गतको त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्...

त्रिवेणी समुह अन्तर्गतको त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी व्यापार अन्तर्गतका सरसामान विक्रिवितरण गर्दै आएका रिटेलर्सहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 
बुधबार विराटनगरस्थित होटेल ह्यारीसनमा रिटेलर्स मिट सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश भरि त्रिवेणी व्यापारका सामानहरु विक्रि वितरण तथा प्रर्वद्धन गर्ने १ सय ५० जनाभन्दा बढी रिटेलर्सहरुको सहभागिता रहेको थियो । कार्यक्रममा त्रिवेणी अन्तर्गतका ब्राण्डहरुको बजार अवस्था तथा बजारीकरणको सुदृढीकरणका विषयमा रिटेलर्सहरुसँग अन्तरक्रिया गरिएको थियो । 
साथै गत पुस र माघ महिनामा त्रिवेणी व्यापारले सञ्चालन गरेको रिटेलर्स स्किमको उपहार पनि वितरण गरिएको थियो । त्रिवेणी सेल्स् म्यानेमेन्ट एप अन्तर्गत सञ्चालन गरिएको स्किम हात पारेका ५५ जना रिटेलर्सहरुलाई स्किम अनुसारको उपहार प्रदान गरिएको हो । 
यस स्किम अन्तर्गत हालसम्म नेपालभरिका रिटेलर्स गरि १७ वटा मोटरसाईकल, १५ वटा आईफोन, २० वटा स्यामसुंग फोन, वासिंग मेसिन, टेलिभिजनलगायतका उपहार प्रदान गरिसकिएको छ । 
कार्यक्रमलाई सम्बोधन गर्दै त्रिवेणी व्यापारका उप महाप्रबन्धक जीतेन्द्र सिंहले रिटेलर्सहरुको बेजोड मिहिनेतका कारण त्रिवेणीका ब्राण्डहरु बजारमा लोकप्रिय बन्दै गएको बताएका थिए । रिटेलर्सहरुको भुमिकाको प्रशंसा गर्दै सिंहले रिटेलर्सहरुको प्रोत्साहनका लागि कम्पनी सदैव तत्पर रहेको जिकिर गरेका थिए । 
कार्यक्रममा त्रिवेणी व्यापारका एसिस्टेन्ट मार्केटिंग म्यानेजर सिफाली अग्रवाल, डेप्युटी नेशनल सेल्स् म्यानेजर मुकेश मिश्र, एरिया ईन्चार्ज योगेन्द्र अधिकारीलगायतकाहरुको उपस्थिती रहेको थियो ।