ने बि संघको सहभातिमा बेगनास ताल क्षेत्र सरसफाइ

ने बि संघको सहभातिमा बेगनास ताल क्षेत्र सरसफाइ

शनिबार बेगनासताल आसपासका क्षेत्रमा कोरोना महामारिले आक्रान्त पारेपछी स्थगित भएको बृहत बेगनासताल सफाई अभियानको ९० औं शृङ्खला सम्पन्न भएसँगै आजको कार्यक्रमबाट ९१ औं हप्ता पुरा भएको छ । सरसफाइ कार्यक्रम बिहान ७ बजे वेगनास युवा क्लवको भवनमा भेला भइ सुरुभएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण शुभचिन्तक्, अभियन्ता, सहयोग दाताहरु प्रती वेगनास युवा क्लवका समुह तथा अध्यक्ष राम रानाभाटले आभार प्रकट गर्नुभएको थियो ।

उक्त कार्यक्रममा ने बि संघका बिद्यार्थी नेता निशान्त ढकाल, राजिब भण्डारी, ईश्वर भण्डारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष रानाभाटले अभियानमा बिगतका दिनहरु जस्तै उपस्थित भई साथ र सहयोगको अपेक्षा रहेको बताउनु भएको थियो।