दमौलीमा मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको छ

दमौलीमा मोटरसाईकल दुर्घटनामा एक युवकको ज्यान गएको छ

दमौलीबाट घाँसिकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल सडकमा पल्टदा चालक व्यास २ मालेबगर बस्ने बर्ष २२ का विवेक थापा मगरको ज्यान गएको हो । टाउकोमा चोट लागेका उनलाई उपचारका लागि दमौली अस्पताल लागिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी पछाडी २० वर्षीया रजनी गुरुङको रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल बढी गतिमा रहेको र सडक चिप्लो भएकाले चिप्लेर दुर्घटना भएको आशंका गरिएको छ ।