विकासका नाममा जारी प्रतिगमन बिरुद्द महानगर घेराउ

विकासका नाममा जारी प्रतिगमन बिरुद्द महानगर घेराउ

आइतबार दिउँसो विकासका नाममा जारी प्रतिगमन बिरुद्द भन्दै वृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्षसमिति नेवा: देय दबुले संयुक्त रूपमा महानगर कार्यालय घेराउ गरेका छन् ।

 

उनीहरूले कमलपोखरीमा कंकिट प्रयोग गर्न नपाउने , मातृभाषा प्रयोग गर्न पाउनुपर्ने , सडक विस्तारले विस्तपितलाई विस्तापित भएको क्षेत्र आसपासमा नै पुन: स्थापना गरिनुपर्ने लगायत माग गरेका हुन्। उनीहरूले ‘सम्पदा मास्ने भूत भगाऔं कमल पोखरी जोगाऔं’ , ' नागरिकलाई सडकछाप बनाउने कस्तो नीति ? कस्तो सरकार ? ' जस्ता प्लेकार्डसहित धर्ना दिएका हुन्।

तस्बीर: नेपाल रिपोर्ट्स फोटोग्राफर अभिषेक महर्जन