यूवाको क्षेत्रमा रहेका समस्या समाधान तर्फ लाग्न समाजवादी यूवा सङ्घलाई सांसद् यादवको सुझाव

यूवाको क्षेत्रमा रहेका समस्या समाधान तर्फ लाग्न समाजवादी यूवा सङ्घलाई...

वीरगञ्ज,फाल्गुन १६ ।

जनता समाजवादी पार्टी पर्साको भातृ सङ्गठन समाजवादी यूवा सङ्घ पर्सा पूर्णगठन भएको छ । आइतबार वीरगञ्जमा आयोजित एक कार्यक्रम बीच गौरभ वर्माको अध्यक्षतामा ५१ सदसिय समाजवादी यूवा सङ्घ पर्सा पूर्णगठन भएको हो । सङ्घको सचिवमा मन्टु गिरि रहेका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता, सङ्घका केन्द्रीय र प्रादेशिक पदाधिकारीहरुको उपस्थितिमा सङ्घ पूर्णगठन गरिएको हो । कार्यक्रममा बोल्दै सांसद् यादवले देशको नेतृत्व अबको यूवा पिडीले गर्नुपर्ने बताए ।

उनले संसारका सम्पूर्ण देशहरुमा पुराना नेताहरुले यूवाहरुलाई नेतृत्व हस्तान्तरण गरिरहेको बेला नेपालमा यस्तो नहुनु दुर्भाग्यपुर्ण भएको बताए । सांसद् यादवले नवगठित सङ्घका पदाधिकारीहरुलाई शुभकामना दिँदै यूवाको क्षेत्रमा रहेका समस्या समाधानका लागि काम गर्न सुझाव दिएका थिए ।

समाजवादी युवा सङ्घ पर्साका इन्चार अमित यादवको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य करिमा बेगम, जनता समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, समाजवादी यूवा सङ्घका केन्द्रीय सचिव सरोज यादव, प्रदेश अध्यक्ष आतिश यादव, प्रदेश मूख्य सचिव मनिष यादवलगायतको उपस्थिति रहेको थियो ।