सानिमा लाईफ इन्स्योरेन्सद्वारा विमितको मृत्यु दाबी हस्तान्तरण

सानिमा लाईफ इन्स्योरेन्सद्वारा विमितको मृत्यु दाबी हस्तान्तरण

वीरगञ्ज, २० फाल्गुन । सानिमा लाईफ इन्स्योरेन्स वीरगन्ज शाखाले बिहिवार एक विमितको मृत्यु दाबी घरमै पुगेर हस्तान्तरण गरेको छ ।

 


वीरगञ्ज महानगरपालिका वडा नं. २८ दर्दवा टोल निवासी शेष राउत कुर्मीको नाबालिक छोरी रोशनी पटेलको मृत्युदाबीको चेक निजको घर मै पुगी हस्तान्तरण गरिएको सानिमा लाईफ इन्स्योरेन्सकी ग्राहक सेवा कर्मचारी सुस्मिता जयसवालले वताइन् ।

विमित रोशनी पटेलको मृत्यु दाबी एक लाख ३५ हजार ६ सय बराबरको चेक उनको बुवा शेष राउत कुर्मीलाई हस्तान्तरण गरिएको हो । 

मृत्यु दाबीको चेक सानिमा लाइफ इन्स्युरेन्सका बजार व्यवस्थापन रुसत्म मियाँ र ग्राहक सेवा कर्मचारी जयसवाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।