आठौं सेन्ट जेभियर्स कलेज साइकल र्याली भोलि हुँदै

आठौं सेन्ट जेभियर्स कलेज साइकल र्याली भोलि हुँदै

ऋचा बजीमाया मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा सेट काउन्सिल ( सेन्ट जेभियर्स कलेज ) ले आयोजना गरेको आठौं सेन्ट जेभियर्स कलेज साइकल र्याली भोलि हुँदैछ। 

 

यस साइकल र्यालीको नारा " राइड अगेन्स्ट क्यान्सर " रहेको छ र साइकल र्यालीबाट उठेको रकम नेपालमा क्यान्सरबाट ग्रसितहरुको उपचारमा प्रयोग गरिने साथसाथै साइकल र्यालीले जनमानसमा वातावरण मैत्री र स्वास्थको लागि फाइदाजनक साइकलको प्रयोगलाई प्रोत्साहन गर्ने आशा रहेको आयोजकले नेपाल रिपोर्ट्सलाई जनाएको छ ।