मेलम्चीको पानीले अब बाग्मती सफा बनाउँछ : प्रधानमन्त्री

मेलम्चीको पानीले अब बाग्मती सफा बनाउँछ : प्रधानमन्त्री

आज मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । सुन्दरीजलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो ।

कार्यक्रममा सरकाले विकासको काममा ध्यान दिइरहेको बताउदै सरकारले काठमाडौंमा पानी झारेको छ , सुरुङ खनेको छ , केबलकार , रेल , झोलुङ्गे पुल , अस्पताल बनाएको बनाई छ , सरकारले उधुमै गरिसक्यो भनेर विरोधीहरूले सरकार हटाउन खराब खेल खेल्न खोजेको भन्दै प्रधानमन्त्रीले त्यसमा कसैले चिन्ता नलिन र  उनीहरूलाई आफूहरुले तह लगाउँछौ बस् जनताले यसरीनै साथ दिइरहनु होला भन्नुभयो ।  

कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले अब मेलम्चीको पानी फ्लस गरेपछि त्यो पानीले फोहोर बाग्मतीलाई समेत सफा बनाउने छ भन्दै खानेपानी मन्त्रीलाई भाग्यमानी मन्त्री सम्म भन्न भ्याउनुभयो ।

आयोजना सुरु भएको दुई दशक बढी पछि मेलम्चीको पानी काठमाडौं आइपुगेको हो।