विपन्नका बालबालिकालाई रोट्रयाक्ट र जीवनज्योतीको सहयोग

विपन्नका बालबालिकालाई रोट्रयाक्ट र जीवनज्योतीको सहयोग

रोट्रयाक्ट क्लब आफ बीरगन्ज मेट्रोपोलिस र जीवनज्योती माविले २ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच क्लबले छात्रहरु राहुल पटेल र सुरज भगवानलाई छात्रवृत्ति प्रदान गरेको हो । 

छात्रवृत्ति वितरण कार्यक्रममा क्लबका तर्फबाट अमित शर्मा, सलोनी रौनियार, प्रकाश कर्ण, रिता श्रेष्ठ र विद्यालयका तर्फबाट प्रधानाध्यापक शिव गुप्ता र निखिल गुप्तालगायतकाको उपस्थिती रहेको थियो । 

मेट्रोपोलिस लिट्रेसी कार्यक्रम अन्तर्गत क्लबले छात्रवृत्ति प्रदान गरेको जनाइएको छ ।

विपन्न परिवारका बालबालिकालाई विद्यालयले छात्रवृत्ति प्रदान गरेको हो । 

 

हरेक वर्ष २ जना बालबालिकालाई छात्रवृत्तिका लागि पहल गर्ने क्लबले जनाएको छ ‌।