वीरगञ्जमा ब्राउन सुगरसहित १७ वर्षीय बालक पक्राउ

वीरगञ्जमा ब्राउन सुगरसहित १७ वर्षीय बालक पक्राउ

वीरगञ्ज, ६ चैत:

वीरगञ्जमा खैरो हेरोइन (ब्राउन सुगर) एक १७ वर्षीय बालक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पावर हाउस चोक नजि कैबाट ब्राउन सुगरसहित बालकलाई पक्राउ गरेको हो ।

बालकको साथबाट प्रहरीले ६ वटा सेतो प्लाष्टिकको पोका भित्र लुकाईछिपाई राखिएको ३० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षिक (डिएसपी) ओमप्रकाश खनालले बताए । बिहिबार साँझ साढे ६ बजेको करिवमा बालकमाथि शङ्का लागेर चेकजाँच गर्ने क्रममा ब्राउन सुगर बरामद भएको डिएसपी खनालले जानकारी दिए ।

बालकलाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट ५ दिने म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाइएको उनले बताए ।