बारामा १२ किलो गाँजासहित पर्साकि महिला पक्राउ

बारामा १२ किलो गाँजासहित पर्साकि महिला पक्राउ

वीरगञ्ज, १० चैत । बारा प्रहरीले पर्साकी एक महिलालाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर ४ बस्ने ५० वर्षीय मिना देवी रहेकी छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराको निर्देशनमा ईलाक प्रहरी कार्यालय जितपुरको टोलीले मिना देवीलाई शङ्काको आधारमा चेकजाँच गर्दा उनले बोकिरहेको झोलाबाट १२ किलोग्राम गाँजा बरामद गरिएको थियो । 

प्रहरीले मिना देवीलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को टेढा रोडबाट पक्राउ गरेको जनाएको छ । 

जितपुरबाट पर्साको पटेर्वा सुगौलीतर्फ जान भनेर अटो रिक्सा कुरिरहेकी उनको गतिविधि शङ्कास्पद लागेपछि उनलाई रोकेर चेकजाँच गरिएको बारा प्रहरीका प्रवक्ता एवम् डिएसपी गौतम मिश्राले बताए । चेकजाँच गर्नेक्रममा झोला भित्र लुकाई छिपाई राखेको गाँजा बरामद गरिएको डिएसपी मिश्रा जानकारी दिए ।  

उनलाई पक्राउ गरेर थप अनुसन्धान चलिरहेको मिश्राले बताए ।