केन्द्रको आदेश विपरीत स्थिति अनुकूल भएको भन्दै देशका केही क्षेत्रमा शिक्षण संस्था बन्द नहुने

केन्द्रको आदेश विपरीत स्थिति अनुकूल भएको भन्दै देशका केही क्षेत्रमा शि...

वायु प्रदुषणको कारण देखाउदै त्यसबाट विद्यार्थीमा पर्न सक्ने असरलाई मध्यनजर राख्दै शिक्षा तथा प्रविधि मन्त्रालयले भोलिबाट ४ दिन अर्थात शुक्रवार सम्म देशका सबै सामुदायिक तथा निजि शैक्षिक सस्था बन्द गर्न विज्ञप्ति जारि गरेको छ।

शिक्षा मन्त्रालयको आदेश बिपरित इलामको रोङ गाउपालिका त्यस्तै तनहुको भिमाद नगरपालिकाले भने आफ्नो क्षेत्रको मौसम प्रतिकुल नभएकाले पठनपाठन अबरुद्ध नहुने जनाएका छन । त्यसो त, कुन कुन क्षेत्रमा पठनपाठन संचालन हुन्छ वा हुदैन भन्नेबारे यकिन विवरण आईसकेको अवस्था नभएपनी मौसम सामान्य भएका क्षेत्रमा पठनपाठन जारी हुन सक्ने अनुमान लगाउन सकिन्छ ।