फेरि बढेर कति पुग्यो त पेट्रोलियम पदार्थको मूल्य ?

फेरि बढेर कति पुग्यो त पेट्रोलियम पदार्थको मूल्य ?

२३ चैत, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजल/मट्टीतेलको पहिलाको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेर अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल/मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

 

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार आइतबार राति १२ बजेबाट नयाँ मूल्य लागू भएको हो । खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।