आजबाट आईपिएल सुरु , पहिलो खेलमा मुम्बई र बैंगलोर भिड्दै

आजबाट आईपिएल सुरु , पहिलो खेलमा मुम्बई र बैंगलोर भिड्दै

२७ चैत, काठमाडौं । आजबाट भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको चौधौं संस्करण सुरु हुँदै छ ।

शुक्रबार हुने उदघाटन खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन् । यो खेल चेन्नाइमा राति आठ बजे सुरु हुने छ ।

कोरोना सङ्क्रमण बढिरहेको भए पनि आईपीएल सुरु हुन् लागेको हो ।