आईपिएल टि.भि तथा मोबाइल बाट कहाँ अनि कसरी हेर्ने ?

आईपिएल टि.भि तथा मोबाइल बाट कहाँ अनि कसरी हेर्ने ?

आईपिएल २०२१ को सुरुवात आजबाट हुदैछ , आज तथा यो सिजनकै पहिलो खेलमा बिराट कोहलिको कप्तानिमा रहेको आरसिबि र रोहित शर्माको कप्तानिको मुम्बई इन्डियन्स भिड्दै छन, खेल नेपाली समय अनुसार बेलुकी ८ बजे सुरु हुनेछ । 

 

आईपिएल यदि तपाईं टेलिभिजनमा हेर्न चाहानुहुन्छ भने स्टार स्पोर्ट्स नेटवर्कका च्यानलहरुमा हेर्न सक्नुहुन्छ, स्टार नेटवर्कले सन 2018 मा ३ बर्षको लागि आईपिएलको ब्रोडकास्टिङ्ग अधिकार किनेको थियो।

 

मोबाइलबाट आईपिएल कसरी हेर्ने ? 

 

आईपिएलको अन्लाईन स्ट्रीमिङ्ग पार्टनर हो डिस्नी प्लस हट्स्टार तर यो केबल भारतमा मात्र उपलब्ध रहेकाले यदि तपाईं यो एप्लिकेसन नेपालबाटै चलाएर आईपिएल हेर्न चाहानुहुन्छ भने भिपिएन(VPN) प्रयोग गर्नुपर्ने हुन्छ, भिपिएनमा तपाईंको लोकेशन भारत राखिएको हुनुपर्छ तबमात्र तपाईं Disney+ Hostar नेपालबाट चलाउन सक्नुहुन्छ । डिस्नि प्लस हट्स्टारमा आईपिएल तथा अन्य जुनसुकै उपलब्ध शो हरु हेर्नको लागि तपाईंले माशिक अथवा बार्षिक रुपमा केही रकम बुझाउनुपर्ने हुन्छ। 

 

त्यसो त फ्रि मा आईपिएल तथा अन्य टि.भि च्यानल मोबाइलबाटै हेर्न चाहानुहुन्छ भने तपाईंले भारतिय डेभलपरहरु द्वारा निर्मित थोप टि.भि भन्ने मोबाइल एप प्रयोग गर्न सक्नुहुन्छ, कुनैपनी च्यानल अनुमती बिना प्रसारण गर्नु कानुनविपरती भएकाले थोप टि.भि जस्ता फ्रि मा लाईभ देखाउने एप प्रयोग गर्दा तपाईं होसियार भने हुनुपर्ने हुन्छ।

तस्बिर : इ.इस.पि.एन क्रिक इन्फो डट कम