नेपाली सोसाईटी अफ तास्मानिया ले मनायो - नेपाली नया बर्ष २०७८

अस्ट्रेलिया को तास्मानिया सहरमा नेपालीले मनाए भब्य रुप मा नेपाली नया बर्ष २०७८ 

नेपाली सोसाईटी अफ  तास्मानिया ले मनायो - नेपाली नया बर्ष २०७८

पछिल्लो समयमा नेपाली हरु को अधिक चाप  रहेको अस्ट्रेलिया को  तास्मानिया सहरमा नेपाली सोसाईटी ले भब्य रुप मा नेपाली नया बर्ष २०७८  मनाएको छ। अर्प्रिल -१० , सनिबार , मोरिंगटन मा साझ को ५ देखि ९ बजे सम्म चलेको प्रोग्राम को आकर्षण रहेको थियो -  गीत ,डान्स , कविता बाचन अनि साथ मा डिजे को सुमुधुर संगीत साझ। 

पाठसाला का बच्चा हरु को नेपाली राष्ट्रिय गीत गाए संगै सुरु भएको प्रोग्राम मा रोज , इक्ष्या र आरव , समिक्षा, पुर्णिमा अनि निक्की को डान्स रह्यो भने येन्जी को कविता बाचन दमदार रह्यो।  आकाश को सांगीतिक प्रसुति हेर्दा दर्शक को हुटिंग संगै वान्स मोर को गुन्जायेस रह्यो।  यसै गरि प्रनिश र सुप्रिम अनि सुरोज अनि भगवान को प्रस्तुति ले दर्शक लाई ततायो। 

सोसाईटी ले आफ्ना बार्षिक स्पोन्सर हरु लाई प्रमाणपत्र प्रदान गर्दै , चिट्टा प्रोग्राम मा आईप्याड, फिटबिट , ट्याब वितरण गर्यो।  सोसाईटी का अदक्ष्य अभिनब आचार्य ले शुभकामना सन्देस दिए लगतै डिजे बी रक ले दर्शक लाई नचाए। 

बिदेशी  भुमि मा रहेर नेपाली  सोसाईटी ले आफ्नो कला सस्कृति को जगेर्ना गर्न गरेको यो कदम सराहनीय  छ।  अभिनब भन्छन - नेपाली नया बर्ष सफलता पुर्बक मनाइयो , अब नेपाली समुदाएको लाई छिट्टै अरु प्रोग्राम ल्याउने तयारीमा छौ।