सांसद् यादवद्वरा नगवामा विवाह भवनको उद्घाटन

सांसद् यादवद्वरा नगवामा विवाह भवनको उद्घाटन

वीरगञ्ज, २९ चैत्र ।

आफ्नो संसदीय विकास कोषको रकमबाट निर्मित विवाह भवन तथा धर्मशालाको सांसद् प्रदीप यादवले उद्घाटन गरेका छन् ।

सांसद् पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित वडा समितिको कार्यालय अगाडी निर्मती विवाह भवन तथा धर्मशालाको सांसद् यादवले उद्घाटन गरेका हुन् ।

संसदीय विकास कोषको ३४ लाख रुपैयाँको लागतमा निर्मित भवनबाट गरीव र मध्यमवर्गीय परिवारले प्रत्यक्ष लाभ उठाउँन सक्ने विश्वास लिइएको छ । सांसद् यादवले महङ्गो शुल्क तिरेर विवाह, पूजालगायत कार्यक्रमहरु गर्न नसक्ने परिवारहरुलाई लक्षित गर्दै दिर्घकालिन योजना अनुरुप भवन निर्माण गरिएको बताए । सांसद् आगामी दिनमा वडा नम्बर १६ का लागि थप विकास निर्माणका योजनाहरु ल्याउँन आफु लागेको जानकारी दिए ।

उनले आफ्नो संसदीय विकास क्षेत्र ठूलो र शहरी क्षेत्र धेरै भएपनि सबैतिर समान विकास हुनेगरी काम गरिरहेको बताए । सङ्घीय सरकारले सांसद्हरुलाई निर्वाचन क्षेत्रमा खर्च गर्न धेरै रकम नछुट्याएको कारण मन्त्रलाय धाएर भएपनि क्षेत्रको विकासमा आफु कम्मर कसेर लागेको बताए । उनले चालु आर्थीक वर्षमा रकम अपुग भएर रोकिएका विकास निर्माणका लागिहरु अर्को आर्थीक वर्षमा थप रकम ल्याएर पूरा गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

जनता समाजवादी पार्टी का वडा ईकाइ अध्यक्ष अरुण यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्यामबाबु चौरसिया, कार्यवाहक अध्यक्ष विनीता देवी, वडा सदस्य विजय साह , संसदीय प्रतिनिधि घन्शयाम गुप्ता, समाजवादी युवा संघका जिल्ला अध्यक्ष गौरव वर्मा, उपाध्यक्ष मनमोहन पाण्डे, समाजवादी युवा नेता फरीद आलम, अशोक पटेल, रामानन्द चौरसियालगायत स्थानीय अगुवा युवाहरुको उपस्तिथी रहेको सांसद् यादवका स्वकीय सचिव निखिल बरनवालले बताए ।