हावाहुरीले काठमाडौंको सामाखुशीमा ठूलो दुर्घटना , व्यस्त सडकमा सिसाको पर्खाल खस्यो

हावाहुरीले काठमाडौंको सामाखुशीमा ठूलो दुर्घटना , व्यस्त सडकमा सिसाको प...

४ वैशाख , काठमाडौं । शनिबार साँझको हावाहुरीको कारण काठमाडौं , सामाखुसीमा आत्माज्ञान स्थित निर्माणाधिन भवनको सिसा खस्दा एक जना घाइते भएका छन् ।

हावाहुरीले गर्दा बन्दै गरेको भवनको सिसाको एउटा ठूलो पाटो नै व्यस्त सडकमा झरेको थियाे तर भाग्यले जनको क्षति हुन भने पाएन । 

सो दुर्घटनाले गर्दा कति धनको क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।