सरकारले भौतिक रूपमा पढाउन नपाइने भनेपछि आन्तरिक परिक्षा तालिका निकालेर विद्यार्थी कलेज बोलाउँदै एभरेष्ट इन्जिनियरिङ कलेज

सरकारले भौतिक रूपमा पढाउन नपाइने भनेपछि आन्तरिक परिक्षा तालिका निकालेर...

८ वैशाख , काठमाडौं । नेपाल सरकारले काठमाडौ , भक्तपुर , ललितपुर लगायतका १४ जिल्लाका विद्यालय तथा कलेजहरु कोरोनाको उच्च जोखिममा रहेका हुनाले वैशाख मसान्तसम्म बन्द गरेर अनलाइन विधिबाट पठनपाठन गराउने भनेको बेला नेपाल सरकारलाई नै चुनौती दिँदै पोखरा विश्वविद्यालय अन्तर्गत एभरेष्टले इन्जिनियरिङ कलेज , सानेपा ललितपुरले विद्यार्थीहरुलाई भौतिक उपस्थिति मै यही वैशाख १५ गतेदेखि आन्तरिक परिक्षा लिने भन्दै आज परीक्षा तालिका प्रकाशन गरेको छ। 

 

यस कलेजका विद्यार्थीलाई कोरोना देखिए पछि चैत २९ गतेबाट नै कलेजमा भौतिक रुपमा पठनपाठन बन्द गराएर अनलाइनबाट शुरु गरेको थियो। 

 

यत्रो दिनसम्म केही पनि निर्णय नगरेर नेपाल सरकारले भौतिक रुपमै कलेजमा गएर पठनपाठन गर्न नपाइने भनेपछि कलेजले परीक्षा तालिका निकालेको हो । यो कुराबाट प्रष्ट के देखिन्छ भने गुणस्तरी शिक्षा दिनुको त परैको कुरा विद्यार्थीहरूलाई आर्थिक भार बोकाउने र कलेजमा गएर नपढी विद्यार्थीले बाध्यताले शुल्क तिर्नुपर्ने अवस्था फेरि पनि आएको छ। 

 

यो सँगै विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण कैयौं विद्यार्थीका परिवारमा आर्थिक भार पर्न गई शुल्क तिर्न नसक्ने अवस्था भएको हुँदा पनि कलेजले शतप्रतिशत तोकेकै शुल्क लिएको छ र कुनैपनि छुट दिएको छैन। अभिभावक्तो ग्रहण गरेको कलेजले कोरोनाको बेलापनि केही सहयोग नगरेको र कलेज नै नगएर शुल्क तिर्नुपरेकोमा स्वयम विद्यार्थी र अभिभावकहरु दुखी छन्। यत्रो दिनसम्म कलेज बिदा हुँदा विद्यार्थीहरु आफ्नो घर तिर गैसकेका छन्।

१५ गतेदेखि तोकेको परीक्षामा सहभागी हुन सकिन्छ कि सकिन्न भन्ने विद्यार्थीहरु दोसाधमा देखिन्छन्।

 कलेजले पहिलेदेखि परीक्षा हुन्छ भन्ने जानकारी नदिएको र अहिले नेपाल सरकारले नै बन्द गर भनेपछि एक्कासी आएर परीक्षा तालिका निकालिदिएपछि घर गइसकेका विद्यार्थीहरु मारमा परेका छन् भने काठमाडौँमा भएका विद्यार्थीहरुले पनि यस्तो कोरोनाको बेला कलेजमै गएर भौतिक रुपमै परीक्षा दिन नसकिने बताएका छन् ‌। नाम नखुलाउने शर्तमा एक विद्यार्थीले कलेजले नेपाल सरकारले गरेको निर्णयलाई चुनौती दिएको पनि भनेका छन् ।