खुकुरी फूटबल क्लब र लनचेसटन नेपलिज फूटबल क्लब बीच मैत्रीपूर्ण खेल सम्पन्न 

होबर्ट मा नेपाली फूटबल टिम हरु बीच मैत्रीपूर्ण खेल हुनु लाई सकारात्मक रुप मा लिन सकिन्छ।  

खुकुरी फूटबल क्लब र लनचेसटन नेपलिज फूटबल क्लब बीच मैत्रीपूर्ण खेल सम्प...

१८ अप्रिल, आईतबार 

जौर्नी टु अस्ट्रेलिया ले नया बर्ष  २०७८ को अवसर मा आयोजना गरेको मैत्रीपूर्ण खेल प्रोस्पेक्ट भेल, लनचेसटन मा गत आईतबार सम्पन्न  भयो।  प्रतिस्पर्दात्मक रहेको खेल मा जित भने लनचेसटन नेपलिज फूटबल क्लब ले आफ्नो पोल्टो मा पार्यो, गेम मा दर्सक को उत्साह जनक उपस्थिथि रहेको थियो।  

लनचेसटन नेपलिज फूटबल क्लब  का लागि आतिश ठकुरीले खेल को १० मिनेट मा गोल गर्दै अग्रता लियो भने खुकुरी फूटबल क्लब का लागि  जबाफी गोल भने सागर खड्का को पास लाई बिक्की मान्नधर ले गरे ।  खुकुरी फूटबल क्लब ले पाएको पेनाल्टी को सदुपयोग गर्न नसक्दा पहिलो हाफ को समाप्ति सम्म  आतिश ठकुरी ले अर्को गोल गर्दै लनचेसटन नेपलिज फूटबल क्लब  को लागि २-१ को  अग्रता  दिलाए।  

निकै रोमान्चक रहेको खेल मा खुकुरी फूटबल क्लब ले खेल बराबरी गर्ने अवसर  बाट चुक्यो , लनचेसटन नेपलिज फूटबल क्लब ले खुकुरी फूटबल क्लब  को कमजोर डिफेन्स को फायिदा उठाउदै गेम सकिनु अगाडी अर्को गोल गर्दै  ३-१ को अन्तर ले जित हात पार्यो।  

खुकुरी फूटबल क्लब का मेनेजर जगदीश खड्का ले नेपाल रिपोर्टस लाई भन्दै थिए - हामी अरु पनि  मैत्रीपुर्ण खेल को आयोजना गर्ने आयोजना मा छौ , निकट भबिस्य मा फूटबल लिग पनि  गर्दै छौ।