बीरगन्जको रामटोल जाने गल्लीमा पुरुष मृत फेला

बीरगन्जको रामटोल जाने गल्लीमा पुरुष मृत फेला

बीरगन्ज, ८ बैशाख- बीरगन्ज महानगरपालिका वडा नं. ७ स्थित माईस्थान विद्यापिठ विद्यालयको छेउमा रौतहटका एक पुरुषको शव फेला परेको छ ।

 

विद्यापिठ स्कूलदेखि रामटोल जाने गल्लीको नालामा एक अन्दाजी ३० वर्षिय पुरुषको शव फेला परेको हो ।

 

 

रौतहटको राजदेवी नगरपालिका वडा नं. २ ब्रहम्पुरी घर भई हाल बीरगन्ज महानगरपालिका वडा नं. ७ मा डेरा गरी बस्ने श्याम मण्डलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बुधबार बिहान ७ बजे स्थानीयले नालामा मण्डलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीको टोलीले शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।

 

घटनाको प्रारम्भिक अनुसन्धानमा मण्डल छारेरोगले ग्रस्त रहेको बुझिएको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना शंकास्पद नरहेको पर्साका प्रहरी नायब उपरिक्षक तथा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी गराए ।

 

“मण्डलको शरिरमा कुनै प्रकारको घाउ अथवा कुटपिटको डाम देखिएको छैन,” प्रवक्ता खनालले भने, “शवको प्रकृति हेर्दा घटना शंकास्पद छैन, थप अनुसन्धानबाट खुल्छ ।”