वीरगञ्जमा पेस्तोलसहित राजु पक्राउ

वीरगञ्जमा पेस्तोलसहित राजु पक्राउ

वीरगञ्ज । वीरगञ्जमा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य गेटबाट प्रहरीले पेस्तोल सहित राजु राना मगर लाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ हाँडीखोला घर भएका २५ वर्षीय राजु राना मगर हुन । प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले उनको साथबाट एक थान पेस्तोल र २ वटा खाली म्याग्जिन बरामद गरेको छ ।

 

राना मगरले भारतीय बजार रक्सौलबाट पेस्तोल लिएर आएको प्रहरीलाई बताएका छन् । भारतबाट पैदल आएका राना मगरले कम्मरमा लुकाएर ल्याएको अवस्थामा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।