दबाब पछि पछि हट्यो एभरेष्ट इन्जिनियरिङ कलेज , परीक्षा अनलाइन नै चल्ने

दबाब पछि पछि हट्यो एभरेष्ट इन्जिनियरिङ कलेज , परीक्षा अनलाइन नै चल्ने

नेपाल सरकारले काठमाडौ , भक्तपुर , ललितपुर लगायतका १४ जिल्लाका विद्यालय तथा कलेजहरु कोरोनाको उच्च जोखिममा रहेका हुनाले वैशाख मसान्तसम्म बन्द गरेर अनलाइन विधिबाट पठनपाठन गराउने भनेको बेला नेपाल सरकारलाई नै चुनौती दिँदै पोखरा विश्वविद्यालय अन्तर्गत एभरेष्टले इन्जिियरिङ्ग कलेज सानेपा ललितपुरले विद्यार्थीहरुलाई भौतिक उपस्थिति मै यही वैशाख १५ गतेदेखि आन्तरिक परिक्षा तालिका प्रकाशन गरेको समाचार सञ्चारमाध्यमा आएपछी अन्तत कलेज पछि हट्दै आन्तरिक परिक्षा भौतिक विधिबाट नभएर अनलाईन विधिबाट सञ्चालन गर्ने भएको छ।

 

 

कोरोना सङ्क्रमित दिन दिनै बढदै गएको र विद्यार्थी हरुलाई भौतिक उपस्थितिमा परिक्षा दिन लगाउँदा कोरोनाका सङ्क्रमित झन् धेरै बढ्ने देखिएको हुँदा अनलाईन बिधिबाट परिक्षा सञ्चालन गर्न लागिएको हो भन्दै आज एक सूचना निकाल्दै जानकारी दिएको छ।