सर्जक कस्तुप पन्त को सिलौटोमा चटनी गीत सार्बजनिक 

सिलौटोमा चटनी अहिले दर्शक ले अत्याधिक रुचाइएको  लोक दोहोरी  हो। 

सर्जक कस्तुप पन्त को सिलौटोमा चटनी गीत सार्बजनिक 

 

नेपाली संगीत क्षेत्रमा एक दशक देखि निरन्तर लागेका कस्तुप पन्त शब्द, संगीत र गायक सबै गुण ले भरिएका त्रिमुर्ति हुन्।  गत मंगलबार बाट कस्तुप पन्त को आधिकारिक यूट्यूब बाट सार्बजनिक भएको सिलौटोमा चटनी अहिले दर्शक ले अत्याधिक रुचाइएको  लोक दोहोरी  हो। 

कस्तुप पन्त को शब्द , संगीत मा बनेको सिलौटोमा चटनी मा गायन भने कुलेन्द्र बिस्वकर्मा र समिक्षा अधिकारी को छ।  सारथी म्युजिक को अर्को प्रस्तुति सिलौटोमा चटनी  शंकर बि सि ले निर्देशन गरेका हुन् भने अभिनय गायक आफैं कुलेन्द्र बिस्वकर्मा र साथ मा  रामजी खाड , प्रीति आले र ज्योति मगर को रहेको छ। 

कस्तुप पन्त  आफ्नो यूट्यूब मार्फत भन्छन् -  नव वर्ष २०७८ को शुभकामना सहित हामीले अत्यन्तै आशा गरेको गीत "सिलौटोमा चटनी" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।

नेपाल रिपोर्टस लाई फोन सम्बाद मा कस्तुप पन्त भन्दै हुनु हुन्थ्यो - म एकदम आशाबादी छु यो सिर्जना बाट, र दर्शक ,श्रोता ले  पनि मन पराई दिनु हुन्छ भने अपेक्षा राख्दछु।