विद्यालयको लापरबाहीका कारण यसबर्ष एसईई दिने विद्यार्थीको मृत्यु !

विद्यालयको लापरबाहीका कारण यसबर्ष एसईई दिने विद्यार्थीको मृत्यु !

११  वैशाख , रूपन्देही । उच्च ज्वरो आउँदा समेत उपचारमा ध्यान नदिई पढाईमै लगाएपछि रूपन्देहीको तिलोत्तमा नगरपालिका स्थित प्यारामाउन्ट बोर्डिङ स्कूलमा पढ्ने एक छात्राको शनिवार मृत्यु भएको छ ।

 

विद्यालयको होस्टेलमा बसेर १० कक्षामा अध्ययनरत १५ वर्षीया छात्रा प्रतिमा सापकोटा पछिल्लो २ दिन देखि उच्च ज्वरोबाट ग्रसित थिइन तर विद्यालयले थाहा हुदैपनी उनको उपचारमा ध्यान दिएन र शनिबार बिहान जब उनको अवस्था अत्याधिक खराब भयो तबमात्र अभिभावकलाई खबर गर्यो ।

 

विद्यालयमा अध्ययनरत छात्रा सापकोटाको अभिभावकले उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जनाईएको छ । तिलोत्तमा नगरपालिकामा नै अबस्थित कृमशन अस्पताल लैजादैगर्दा उनको मृत्यु भएको हो। 

 

बालिकामा २ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपनि विद्यालयले बालिका गम्भिर भएपछि मात्र अभिभावकलाई खबर गरेको थियो। बालिका बढी बिरामी भएपछि विद्यालयले शनिवार बिहान अभिभावकलाई बोलाएर जिम्मा लगाएको थियो ।

 

कोरोनाको समयमा समेत विद्यार्थीको स्वास्थमाथी खेलवाड गरि बिरामी भएका विद्यार्थीको समेत ख्याल नगरेको भन्दै मृतकका अभिभावकले विद्यालयको लाईसेन्स खारेज हुनुपर्ने तथा क्षतिपुर्ति जस्ता माग गरेका छन त्यस्तै सोही होस्टेलमा नै बस्दै आएका अन्य विद्यार्थीले र उनिहरुको अभिभावकले सबै विद्यार्थीको पिसिआर टेस्ट माग गरेका छन।

समाचार : नेपाल रिपोर्ट्स संवाददाता राजीभ ज्ञवाली