अशोक भुजेलको निर्देशनमा जातै ठूलो भो सार्वजनिक

अशोक भुजेलको निर्देशनमा जातै ठूलो भो सार्वजनिक

१२ वैशाख , काठमाडौ । सानो र ठूलो जात, धनी र गरिब लगायत समाजमा हुने विभिन्न विभेदको विषय समेटेर तयार भएको गीत ‘जातै ठुलो भो’ सार्वजनिक भएको छ । आशिष दियालिको स्वर तथा शब्द को रहेको गीतमा फरिन्द्र राइको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोमा पनि समाजमा कायम रहेको विभेद देखाउन खोजिएको छ । यस गीतका निर्देशक एबम मोडेल अशोक भुजेल हुन र उनलाई सुजाता बस्यालले साथ दिएकी छिन् ।

 

संसारमा माया गरेपछि के गर्नु पर्छ, आफनो मायाको लागी के के गर्न सक्छन् भन्ने कुरा यो भिडियो मार्फत देखाउन खोजिएको छ ।

 

मायाको लागी के के गर्न सक्छन? के आजको युगको साचो र चोखो मायाको कि साच्चै जित हुन्छ त? सबै कुरा यस भिडियोमा देखाइएको छ ।