करेन्ट लागेर घट्नास्थलमै मृत्यु

करेन्ट लागेर घट्नास्थलमै मृत्यु

आइतबार विहान ११ बजेतिर तनहुँको शुक्लागण्डकी-११,भुस्नापुरमा सोही ठाउँ बस्ने बर्ष ५८ का युवराज शर्माको करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले घट्नाको जानकारी दिए । मृतक शर्मा ग्रामिण सामुदायिक उपभोक्ता ढोरफिर्दीका कर्मचारी थिए ।

भुस्नापुरस्थित स्यानीभञ्ज्याङ क्षेत्रमा विद्युत प्रवाहमा समस्या आएपछि पोलमा चढेर बनाउने क्रममा छिनेको तारबाट अकस्मात करेन्ट लागि शमाको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।उनका अनुसार घट्ना भएको खबर प्राप्त भएसंगै तत्काल प्रहरी टोली परिचालन गरी उद्धारको कार्य भएको थियो ।