बाध्यात्मक एकान्तबास को कथा : क्वारेन्टिन अनुभव 

आफैसंग रमाउनुको त्यो अध्दभुत मजा अरु के मा छ र ? 

बाध्यात्मक एकान्तबास को कथा : क्वारेन्टिन अनुभव 

२९ अप्रिल , २०२१ 

कोठा नं १७०८, फोर सिजन होटेल 

नेपाल को बसोबास पछि केहि समय का लागि अस्ट्रेलिया फर्किएका मिलन पाठक , सिड्नी मा फर्किएको आज १३ औ दिन हो।  क्वारेन्टिन अनुभव को जानकारी लिन बिगत १३  दिन देखि निरन्तर नेपाल रिपोर्टस संग  फोन सम्पर्क मा रहेर उनले साटेका केहि घत लाग्दा अनुभब र जिबन को अविस्मरणीय भोगाई उनकै शैली मा।  

बालक बबुरो द्विज शुकनामा, हुँ म परेको छू पिंजरामा । 
मकन हरे ! शिव शान्ति र चैन, सपनाविच पनि रतिभर छैन ।। 

मेरा बान्धव बाबु र आमा, बस्छन् वनका एक कुनामा । 
कोसित पोखू मनको ताप, गर्दै पिंजराबाट  विलाप ॥

कबि शिरोमणि लेखनाथ पौडेलको यो कबिता सम्झिन्छु अनि १७ तलाको होटेलको सिसाबाट बाहिर निहाल्छु र फेरी कबि शिरोमणि को कबिताको सुगाको ठॉउमा अफूलाई राख्छु। हो एकान्तवास बसेको आज १३ औँ दिन भयो । भोलि म यहॉ बाट निँस्कदै छु। कुनै ठूलो अपराध  गरेर १४ बर्ष जेल सजाय भुक्तान गरेर निस्किँदै गरेको कैदिको मनोभाब कस्तो हुन्छ होला सोच्दै छु, म सोच्दै छु १४ बर्ष बनवास बसेर घर फर्किँदै गरेको रामको मनमा के कुरा खेलेको थियो होला? 

जेल भित्र बरु हिडडुल गर्न पाईन्छ अन्य कैदिहरुसंग गफगाफ गर्न पाईन्छ परिवारसंग भेट्न पाईन्छ। मानौ पर्खाल भित्र पनि एकप्रकारको स्वतन्त्रता हुन्छ। जंगल निवास गरेका राम लक्ष्मण र सिता पनि एउटा परिधि भित्र स्वतन्त्र रहे। तर यस्तो एकान्तबस जहॉ तँपाईलाई एअरपोर्टबाट सभ्य र मिठो भाषामा प्रहरी र सेनाले अब तँपाईहरुलाई हामि थुन्छौँ भन्छ र होटेलको कोठाको ढोकाबाट तँपाई छिर्नु भएपछि १४ दिनलाई त्यहि तँपाईको संसार हुन्छ। 

पहिलो दिन यात्राको लामो थकाई भोक निन्द्रा सबैको एकै चोटीको प्रहारले गालेको सुगालाई पहिलो दिनको पिँजडाबास खासै पिडादायी हुन्न। भोको पेटले तातो आलु खोज्छ , थकित शरिरले निन्द्रा खोज्छ, स्वतन्त्रता उस्ले तब खोज्छ जब उस्को पेट भरिएको हुन्छ। दोश्रो दिनबाट बन्द चार भित्ताहरु बिच मैले पनि स्वतन्त्रता खोजेँ। मैले कति बजे सुत्नुपर्छ कति बजे उठ्नुपर्छ भन्ने एक किसमको सामाजिक अघोषित नियम नै तोड्न थाले। 

खाना दिनको ३ पटक आउँछ एक पटक बिहान एक पटक दिउँसो र साँझ तिर मैले त्यहि बेलै खानुपर्छ भन्ने नियम पालना गरिन। म खान कति बेला खाने भन्ने समयको उर्दिलाई सहजै नकारेँ। भित्ताहरुको पर्खाल छेडेर इन्टरनेट सवारमा म कहिले नेपाल पुँगे कहिले अमेरीका कहिले पोर्तुगल, लण्डन त कहिले जापन पुँगे। लाग्यो मलाई यहॉ कुनै छटपटी कुनै दौडधुप छैन।

ढोका बाहिर सुरक्षाकर्मिको पहरा छ उनिहरुको नजरमा म एक शंकास्पद कोभिडधारी अछुतो मानब हुँ र म यहॉबाट भाँगे भने मैले अल्काईदा भन्दा ठूलो बितण्ड मच्चाउन सक्छु। दोश्रो दिन मैले सोचे यो समय अलि उत्पादक बनाउछु तर गर्ने के? सोँचे “मैले लेख्दै गरेको किताब सक्काउनु पर्यो” तर त्यसमा पनि त्यति मन गएन। मन नै नगएपछि लेखिरहनुपर्ने आबस्यकताबाट म स्वतन्त्र छु अनि मैले बिजय कुमार पाण्डेको खुसि कितावमा लेखिएको उन्को भनाई याद आयो किताव लेख्नु पर्यो भनेर धेरै कोशिष गरेँ तर सुरु गर्न सकिन।त्यो भन्दा ठूलो बाहाना मलाई के हुन सक्थ्यो र? 

हो छोरी र परिवारको भने यादले खुबै सतायो, नेपालमा बच्चाहरुसंग जिस्किएको यादहरुबाट भने म स्वतन्त्र हुन सकिन। परिवार, प्रेम, नाता आफन्त बाट छुट्टिन सक्नु भनेको बुध्त्व प्राप्त गर्नु हो। हाय म जस्तो सामान्य मानबले त्यस्तो माहान कार्य गर्न काहॉ सक्नु? कोठाका पर्दाहरु लगाएर १७ डिग्रिको तापक्रममा कोठलाई चिसो र दिउँसै अन्धकार राखेर म नेटफ्लिक्समा  सिनेमाहरु हेर्न थाले ३/४ वटा सिनेमा सकेपछि निन्द्राले झुपु झुपु भो र म त्यतिकै निदाएछु, निन्द्राबाट बिउँझेर ऑखा खोल्छु त पुरै अँन्धकार छ मैले सोचे अझै उज्ज्यालो भएको छैन। 

समयले कति फन्को लगाएछ भनेर मोवाईल हेर्न खोजेँ तर मोबाईल बेटरी डाउन भएर बन्द भैसकेको रैछ उठेर चार्ज गर्ने जॉगर आएन फेरी सुँते। केहि घण्टा पछि निकै भोक लोगेर म बिउँझे। उस्तै निसपस्ट अँन्धकार छ। त्यसपछि छेउकै स्विच थिचेर बत्ति बॉले ओहो! पर्दा लगाको कुरा बिर्सिएछु त्यसैले पो अँन्धकार भएको कुरा पनि बिर्सिएछु। पर्दा उघारेर बाहिर हेरेँ, मन नै फुरुंग हुने सफा निलो आकास चम्किलो दिन अनि १७ तला बाट मुनि हेर्दा ब्यस्त जिवन! मानिसहरु र गाडीहरुको भिड। 

त्यसपछि मोवाईल चार्ज गरेँ। मुख मास्कले छोपेँ र ढोका खोले खानाका पोकाहरु लाईन बध्द थिए। अघिल्लो दिनको बेलुकीको खाना, त्यहि दिनको बिहान र दिउँसोको खानाहरुको पोकाहरुले मेरै बाटो कुर्दै रैछन। मोबाईल केहि बेरको चार्ज पछि खुल्यो घँडीले १२:४५ काटीसकेछ। त्यस्को मतलब लगभग १३/१४ घण्टा सुतिएछ। 

नुहाएर एकछिन ब्यायम गरेँ ऐना अगाडी गएर हेरेँ ओहो शरिर त फुर्तिलो भएछ त , ऐनातिर मोबाईल फर्काएर  एउटा ऐना सेल्फि खिँचे र हेरेँ गज्जब आएछ। रचु! मेरी श्रिमतीलाई  पठाएँ, रचुले रातो पानको पात पठाएर प्रतिकृया दिईन। खाना खाएपछि एकदुई जना साथिभाईहरुलाई मेसेन्जरबाट कल गरे! उनिहरु नथाकिन्जेल र अब राखुम नभनिन्जेल कुराहरु तन्काईरहे मज्जाले गफ ठोकिरहेँ। मेरा सबै गफहरुको आसय एउटै थियो।

 “हेल्लो! म संग टन्न फुर्सद छ है! म लेखनाथ पौडेलको पिंजडाको सुगॉ होईन रैछु”। बितेका जिवनका पलहरु दौडधुप, रस्साकस्सीमै बितेछ, भबिस्य सपार्ने दौडमा बर्तमान नै छुटिरहेको आभषनै गरेनछु। पढाई, जागीर, पैसा, मान, प्रतिष्ठा तर नितान्त आफूलाई खोई त समय?
 
टिकटकमा सारा दुनिया रमाईरहेको देखेँथे, सोचेँ आज टिकटक बनाउँछु। टिकटकको मा अभिनय गरेर दुई/तिनवटा भिडीयो पनि बनाएँ, हेरेँ रमाईलै लाग्यो। सामाजिक संजालमा राखेँ धेरैजना हॉसे, उडाए जे होस एक प्रकारको सन्तुष्टि प्राप्त गरेँ। कोहि साथिले अब नबनाउ भन्ने सल्लाह दिए कोहि साथिले अर्को टिकटक कहिले आउँछ भने, जस्ले जे भने पनि मैले भने टिकटक पनि बनाईयो भनेर एउटा खुसि प्राप्त गरेँ। 

११औँ दिन म रातभर नेटफ्लिक्समा एउटा श्रृँखलाहरु हेर्दै मनमनै मुस्कुराई रहेको थिएँ आहा! भोलि त १२औँ दिन पर्सि १३ अनि १४औँ दिन शश्य र रचुलाई भेट्ने दिन नजिकिँदै छ भनेर मन दंग थियो निन्द्रा पनि राम्रो संग लागेको थिएन। अघिल्लो रातभरी नसुतेको कारण भोलिपल्ट दिनभरी झुपु झुपु भैरहेको थिएँ। निदाउन सजिलो हुन्छ भनेर एसि कम गरेर कोठा चिसो राखेँ र पर्दाहरु सबै लगाएर अँन्धकार नि बनाएँ। 

घँडिमा त्यस्तै ३:३० जति भएको थियो म केहि बेरमै निदाएँ। निन्द्रा खुल्यो निस्पस्ट अँन्धकार, सित्तल कोठा, तर आलश्य  शरिर यसो घँडि हेरेँ ३:४० भएछ, लाग्यो ओहो! आज पनि धेरै सुतिएछ १२ घण्टा सुतिएछ। अब सुत्दिन भनेर आलश्य शरिर बलजफतले उठाएँ वाथरुम गएर आएँ, बत्ति बालेँ र पर्दा खोल्छु बाहिर पुरै उज्यालो छ।

 एकछिन म कुन होसमा छु घडि राम्रो संग हेरेनछु कि क्या हो भन्ठाने, यो त ६ बजिसक्यो जस्तो छ। फेरी गएर मोबाईल हेरेँ ३:४७ भा’छ। पछि पो थाहा भो त्यो त दिउँशैको  ४ बज्न लाग्या रैछ म त १० मिनेट भन्दा सुतेकै रहेनछु। एकछिन आफैसंग हॉसे , रचुलाई पनि फोन गरेर सुनाएँ। उ पनि हरे! के भा’छ हजुरलाई भन्दै हाँसिन!

हामि सॉच्चै नै अति ब्यस्त समयबाट गुज्रिरहेका रहेछौँ। हामिले आफूले केबल आफूलाई समय दिएका नै रहेन छौँ। यो बाध्यात्मक एकान्तबास नभएको भए सायद मैले जिवनको यि १४ अमुल्य दिनहरु एक्लै केवल  आफैसंग बिताउन पाउँदैन थिएँ होला। एक्लै बस्दा कस्तो होला? अत्याँस लाग्ने एक्लोपनले सताउँछ कि झैँ लाग्न सक्छ तर आफैसंग रमाउनुको त्यो अध्दभुत मजा अरु के मा छ र? 

आज मेरो एकान्तवासको १३ औँ दिन र भोलि यहॉ बाट जॉदै छु। यो कोठाबाट जॉदै छु। मेरो जिवनको १४ दिन एक सेकेण्ड पनि यो कोठाबाट बाहिर नगईकन मैले यहि बिताएँ। यो मेरो जिवनको सबै भन्दा यादगार क्षण हो। !!

अन्तम मिलन भन्छन - आज अन्तिम दिन क्वारेन्टिन को , यो क्वारेन्टिन बाट मैले म को हु ? भन्ने चिन्ने अवसर पाए।  समय को महत्तो लाई नजिक बाट अनुभूत गर्न पाए , थोरै भए पनि आफ्नो लागि समय दिन पाए तर यो मेरो जिन्दगि को एक अविस्मरणीय र रोचक अनुभब रहनेछ।