दिल्लीमा अक्सिजन र बेड नपाएपछि फर्किएका नुवाकोटका हरी र बैतडीका मनोजको बाटोमै मृत्यु

दिल्लीमा अक्सिजन र बेड नपाएपछि फर्किएका नुवाकोटका हरी र बैतडीका मनोजको...

काठमाडौं । भारतको राजधानीका दिल्लीका सरकारी र निजी अस्पतालमा भौतारिँदा अक्सिजन र बेड नपाएपछि उपचारका लागि नेपाल ल्याउने क्रममा दुईजना नेपालीको उत्तर प्रदेशमा मृत्यु भएको छ ।

 

कोभिड संक्रमित दुई प्रवासी नेपालीलाई दिल्लीबाट एम्बुलेन्समा नेपाल ल्याउने क्रममा नुवाकोटका हरी रौला र बैतडीका मनोज भट्टको बाटोमै निधन भएको प्रवासी नेपाली अभियन्ता आरबी खड्काले बताएका छन् ।