भ्वाइस अफ नेपाल सिजन १ का फाइनलिस्ट कुशलको हावा सरर सार्वजनिक

भ्वाइस अफ नेपाल सिजन १ का फाइनलिस्ट कुशलको हावा सरर सार्वजनिक

‘द भ्वाइस अफ नेपाल सिजन १’ प्रतियोगितामा फाइनलसम्म पुगेका गायक कुशल आचार्यको पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । कुशल र अंकुश अधिकारीले संयुक्त रुपमा लेखेको गीतमा प्रज्जवल लामाको संगीत रहेको छ भने गीतको कम्पोज कुशलले नै गरेका हुन् । गीतमा सुनोद श्रेष्ठको निर्देशन रहेको छ। अस्ट्रेलियाको मेल्बर्नमा छायांकन गरिएको उक्त भिडियोमा भिएफएक्स तथा कलरको काम प्रविण श्रेष्ठले गरेका हुन् ।