धनुषामा वैशाख २१ गते देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी

धनुषामा वैशाख २१ गते देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी

जनकपुरधाम,बैशाख १९ । जिल्ला प्रशासन कार्यालयले धनुषा निषेधाज्ञा जारी गरेको छ।

 

जिल्ला प्रशासन कार्यालयमा आइतबार बिहान बसकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिएका छन् ।

 

 

 

पछिल्लो समय धनुषामा समेत तिब्र गतिमा संक्रमण फैलिन थालेपछि मंंगलबारदेखि लागु हुनेगरि निषेधाज्ञा जारी गरिएको हो ।

 

प्रमुख जिल्ला अधिकारी बाँस्तोलाका अनुसार वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

 

यस निषेधाज्ञा अवधिभर सवारी साधन आवागमनमा पूर्ण रोक लगाइने तथा दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बजार व्यवसाय बिहान १० बजेसम्म खोल्न दिइने र औषधि पसलहरू नियमित सञ्चालन गर्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वास्तोलले बताउनुभयो ।