विद्युतीय शवदाह गृहको क्षमता भन्दा बढीको मृत्यु , बागमती किनारमै जलाउन थालियो कोरोनाबाट मृत्यु हुनेको शव

धेरै जनाको मृत्यु हुन थालेको र लासलाई कुराएर राख्नु भन्दा छिटो अन्त्येष्टि गर्नु बेस हुने भएकाले खोला किनारमा चिता बनाएर परम्परागत शैलीमा जलाउन थालिएको हो ।

विद्युतीय शवदाह गृहको क्षमता भन्दा बढीको मृत्यु , बागमती किनारमै जलाउन...

२० वैशाख , काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि भएसँगै राजधानीमा बागमती नदी किनारमै शव जलाउन सुरू गरिएको छ । यसअघि कोरोना संक्रमणबाट मृत्यु हुनेको शव पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मात्रै जलाउँने गरिन्थ्यो ।

 

धेरै जनाको मृत्यु हुन थालेको र लासलाई कुराएर राख्नु भन्दा छिटो अन्त्येष्टि गर्नु बेस हुने भएकाले खोला किनारमा चिता बनाएर परम्परागत शैलीमा जलाउन थालिएको हो ।

 

नेपाल रिपोर्ट्स फोटोग्राफर केल्सन श्रेष्ठले लिनुभएको आजको पशुपति आर्यघाटको केही तस्बिरहरु ; 

​​​​​​