नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्थायी अस्पतालको रुपमा प्रयोग गर्न उपलब्ध गराउने

नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्थायी अस्पतालको र...

२० वैशाख , नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्थायी अस्पतालको रुपमा प्रयोग गर्न उपलब्ध गराउने निर्णय गरेको छ ।

 

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरु भरिन थालेको अवस्थामा नेपाली कांग्रेस नुवाकोटले १२० शैयाको अस्पताल सञ्चालन गर्न मिल्ने पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरेको हो ।

 

कोरोनाका बिरामी बढ्दै गएपछि आगामी दिनमा थप जटिलता बढ्ने संकेत देखिएको र भोलिका दिनमा अस्पताल अभावको कारण संक्रमितलाई समस्या नहोस् भनेर उक्त निर्णय गरेको सभापति केसीले बताए ।

यसअघि कोरोनाको पहिलो लहरमा पनि नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न उपलब्ध गराएको थियो ।