कास्कीमा कडा लकडाउन गरिने

कास्कीमा कडा लकडाउन गरिने

२० वैशाख , पोखरा । कास्कीमा निषेधाज्ञाको समय थपका गरिनुको साथै कडा लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यलय कास्कीद्धारा बैशाख २१ गते विहान ५ बजेदेखी ३१ गते राती १२ बजेसम्म अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ। 

 

यसअघिको निषेधाज्ञामा गरेको निर्णयमा बिहान ५ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने खाद्यान्न तथा किराना पसलहरु अबदेखि बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने भएको छ । 

 

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी गरिएको आदेशमा तरकारी तथा फलफूल, खाद्यान्न, औषधिलगायतका बाहेकका पसलहरु बन्द गर्नका साथै सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन नपाउने आदेशमा उल्लेख छ। निर्माण सामाग्री बोक्ने सवेरी साधनहरु दिउसो १ बजे बाट ५ बजे सम्म मात्रै सन्चालन गर्न पाइने र सवारी साधन चालक, सहयोगी र श्रमिकहरुले सामाग्री ओसारपोसरको लागि आयोजनाले जरी गरेको परिचय पत्रको आधारमा साधन प्रयोग गर्न दिने निर्णय गरेको छ।    

 

यस्तै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्रबैंकको निर्देशन अनुसार सञ्चालन हुने, पत्रकारहरुले सूचना विभाग तथा नेपाल पत्रकार महासंघको परिचय पत्रवाहकलाई छुट दिने र अत्यावश्यक सबै सवारीलाई सञ्चालन गर्न दिइने भएको छ ।

 

यस आदेशलाई लागु नगरेमा स्थानीय प्रशासन ऐन,२०२८, संक्रमक रोग ऐन,२०२० एवम् अन्य प्रचलित कानून बमोजिम कार्वाही हुने पनि जानकारी गराइएको छ।