चीनले गर्यो बाचा पुरा , नेपाललाई दियो २० हजार थान अक्सिजन सिलिन्डर

चीनले गर्यो बाचा पुरा , नेपाललाई दियो २० हजार थान अक्सिजन सिलिन्डर

२० वैशाख , काठमाडौं । चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर नेपाल ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनले दिएको उक्त अक्सिजन सिलिन्डर चाँडोभन्दा चाँडो काठमाडौं ल्याउने तयारी सुरु गरेको छ ।हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली मुलुकको विदेशमन्त्रीसँगको भेटपश्चात् भएको छलफलमा चीनले नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेको हो ।