वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण

वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण

२१ वैशाख, काठमाडौं ।

यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।

संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ ।प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ ।

बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।