जनकपुरमा बोरा भित्र कसेर फालिएको अवस्थामा शव बरमाद

जनकपुरमा बोरा भित्र कसेर फालिएको अवस्थामा शव बरमाद

वीरगञ्ज, २१ बैशाख ।

जनकपुरमा बोरा भित्र कसेर फालिएको अवस्थामा एउटा पुरुषको शव बरामद भएको छ । जनकपुरधाम उपमहानगरपालिका उपमहानगरपालिका वडा नम्बर २३ बिन्धी स्थित ६ लेन सडकको छेउमा रहेको आँप बगैँचामा बोरोमा पुरुषको शव फेला परेको हो ।

अन्दाजी ५०।५५ वर्षीय पुरुषको शव बोरामा पोको पारेर फालेको अवस्थामा मंगलबार भेटिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए । घाँटीमा झुण्डिएर मृत्यु भएको जस्तो निलडाम देखिएको, शरीमा अन्य कतै कुनै डाम नदेखिएको उपरीक्षक राणभाटको भनाई छ । राति नै बोरामा हालेर कसैले लास फालेको हुन सक्ने शवको प्रकृतिले देखिएको उनले एबताए ।

घटनास्थलको विशेष तालिम प्राप्त कुकुर लगेर अनुसन्धन पश्चात शवलाई पोस्टमाार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक राणाभाटले बताए ।